च्याम्पियन्स लिगमा रोनाल्डो भर्सेस् नेइमार

युरोपियन च्याम्पयिन्स लिग फुटलब प्रतियोगिताको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । सोमबार सार्वजनिक ड्र अनुसार प्रायः ठूला टिमले ठूलै प्रतिस्पर्धी पाएका छन् । अहिले खास गरी स्पेनिस रियल मड्रिड, बार्सिलोना र फ्रेन्च क्बल पिएसजीमाथि धेरैको आँखा छ । राउन्ड १६ मा गत वर्षको च्याम्पियनसमेत रहेको रियल मड्रिडले कडा प्रतिस्पर्धी पाएको छ । यसै सिजन बार्सिलोना छाडेर पिएसजी गएका ब्राजिलियन स्टार नेइमार सम्मिलित टिमले स्पेनिस महारथि रियललाई कडा टक्कर दिने अनुमान गरिएको छ । स्टार खेलाडीले भरिएका दुवै टिमको भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ ।

अब यी ठूला टिमले अन्तिम आठमा स्थान बनाउन एकले अर्कोलाई पन्छाउनुपर्ने छ । राउन्ड १६ बाट आठ टिमले अन्तिम आठमा स्थान बनाउनेछन् । राउन्ड १६ मा होम र अवे गरी दुई खेल हुन्छन् । समग्रमा जित निकाल्ने टिमले अन्तिम आठको टिकट पाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *