बाँकेमा वाम गठबन्धनले खाता खोल्यो +

मंसिर २३, २०७४-बाँके प्रतिनिधिसभा क्षेत्र ३ प्रदेशसभा ‘क’मा वाम गठबन्धनका उम्मेद्वार इन्द्रप्रसाद खरेल निर्वाचित भएका छन् ।

खरेलले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्तराम थारुलाई पराजित गरेका हुन् । उनले नेपाली कांग्रेसका थारुलाई १ हजार ६९४ मतले पछि पार्दै विजयी भएका हुन् । खरेलले १६ हजार ६७५ मत प्राप्त गरेका छन् भने थारुले १४ हजार ९८१ मत ल्याएका छन् । सो क्षेत्रमा कुल ३५ हजार ६९० मत खसेको थियो ।

आफ्नो विजयीपछि प्रतिक्रिया दिँदै खरेलले आफू सधैं जनताकै सेवामा सर्मपित रहेको र जितपछि पनि जनताको सेवामै सर्मपित हुने बताए ।

प्रकाशित: मंसिर २३, २०७४