भर्खरै वीरगन्ज मेनरोडमा बम विस्फोट

वीरगन्ज : वीरगन्जको मेनरोडमै रहेको एक घरमा मंगलबार साँझ बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको ब्यारेकबीचको मेनरोडमा रहेको कमल राउत कुर्मीको घरमा साँझ ५ बजेतिर बम विस्फोट भएको हो । बम विस्फोट भएको घर जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको ब्यारेकबाट करिब दुई सय मिटरकोबीच दुरीमा अवस्थित छ ।

विस्फोटमा भारत बिहारको छपराका १८ वर्षीय अमितकुमार पाण्डे घाइते भएका छन् । उनको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

त्यो घर एक महिनाअघि मात्र कुर्मीले किनेका थिए । कुर्मीले किनेको घर मातृका आई सेन्टरले आखाँ अस्पताल सञ्चालनका लागि भाडामा लिएको थियो । आई सेन्टर सञ्चालनका लागि भाडामा लिएको घरको कोठामा मंगलबार पाण्डेले रंगरोगन गरिरहेका अबस्था सुतली बम विस्फोट भएको पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए ।

बम विस्फोट कसले र किन गराएको भन्ने बारेमा केही खुल्न नसकेको पर्साका प्रहरी प्रवक्ता समेत रहेका लिम्बुले बताए ।उनले विस्फोटनको बारे अनुसन्धान भइरहेका जानकारी दिए ।

https://satyasamachar .com/2018/05/01/27531

Leave a Reply

Your email address will not be published. Required fields are marked *