रुदै प्रचण्डले भने “आज मेरो छोरा प्रकाश थिए भने कति खुसि मिल्थ्यो होला”

जन्मदिनको अघिल्लो दिन चितवन–३ मा विजयी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकै हर्षित देखिएका छन्। तर, उनका परिवारका सदस्यहरु भने निकै भावुक देखिन्छन्।

निरन्तर अग्रता हासिल गर्दै आएका प्रचण्डले अन्तिम परिणाम भरतपुर महानगरपालिकाकी मेयर समेत रहेकी छोरी रेणुको निवासमा रहँदा सुनेका थिए।

त्यसपछि परिवारका सदस्यहरुले बधाईं दिँदै फूलमाला र अविर लगाइदिएका थिए।

पुत्रवियोगका कारण अझै विह्वल रहेकी सीता दाहालले पनि प्रचण्डको विजयपछि खुसी साँटेकी छन्।

तस्वीरमा उनी पहिले भन्दा हर्षित मुद्रामा देखिन्छिन्।

विजयपछि भरतपुर महानगरकी मेयरसमेत रहेकी छोरी रेणु र कान्छी छोरी गंगा दाहाल केही भावुक देखिए।

तस्वीरमा गंगा निकै भावुक देखिन्छिन्।

प्रचण्डकी कान्छी छोरी गंगाका पति मोरङ–६ ‘क’ मा प्रदेश सभाको उम्मेदवार थिए।

तर पराजित भएपछि उनी आइतबार बेलुकी चितवन आइपुगेका हुन्।

प्रचण्डलाई परिवारका सदस्यहरुले बधाई दिएपछि सामुहिक तस्वीर खिचाएका छन्।

पारिवारिक सदस्यहरुको तस्वीरमा पनि कोही प्रसन्न मुद्रामा देखिन्छन्, कोही भावुक।

Leave a Reply

Your email address will not be published. Required fields are marked *