समाचारफेरी लाेडसेडिङ हुने समाचार अाएपछि कुलमान घिसिङले निकाले यस्ताे विज्ञप्ती

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस वर्षपनि आम उपभोक्तालाई लोडसेडिङ गराउने कुनै योजना नगरेको बताएका छन् ।

फेरी पनि लोडसेडिङ हुदै भन्ने विभिन्न समाचार सार्वजनिक भएपछि निर्देशक घिसिङले विहिवार प्रेस विज्ञप्ति जारी गर्दै आम ग्राहाकका लागि अहिले घोषित÷ अघोषित कुनै प्रकारको लोडसेडिङ नगरिएको बताएका हुन् ।

प्राविधिक समस्या आउदा समेत तत्काल समाधान गरेको बताउदै उनले उद्योगधन्दाहरुमा भने घोषित रुपमा सिमित लोडसेडिङ गरेको बताए ।‘हिउँद लागेसँगै पानीको वहाव घट्दा विद्युत उत्पादनमा कमी आउने तर विद्युत माग बढ्ने विद्युत माग र आपूर्ति व्यवस्थापनमा आउने चुनौतीलाई सकेसम्म सहज बनाउन प्राधिकरण प्रतिबद्ध छ’ विज्ञप्तिमा भनिएको छ ।

यतिखेर प्राधिकरणले आफ्ना जलविद्युत आयोजनाहरुबाट ३७२ मेगावाट, निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी ९६४ मेगावाट विद्युत आपूर्ति गरिरहेको घिसिङले जानकारी दिएका छन् ।

घिसिङले साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोग नगरेर ‘उज्यालो नेपाल’ बनाउने अभियानमा सहयोग गर्न पन उनले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *