साढे ३३ केजी सुन गायब प्रकरण : प्रहरी अधिकारीसहित २८ विरूद्ध मुद्दा दर्ता हुँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेपत्ता पारिएकाे साढे ३३ केजी सुन एवं साे प्रकरणमा ज्यान गुमाएकाहरूकाे अनुसन्धानको पहिलो चरण पूरा भएको छ। अनुसन्धान सकिएसँगै पक्राउ २८ जनाविरुद्ध बुधबार मोरङ जिल्ला अदालतमा मुद्दा दायर गर्ने अन्तिम तयारी गरिएको छ।

याे प्रकरणमा जाेडिएकाविरुद्ध कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा दर्ता गर्ने तयारी भएकाे छ।

चैत २० मा मन्त्रिपरिषद् निर्णयबाट गठन भएको गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको ९ सदस्यीय समिति गठन भएकाे थियाे। समितिले अनुसन्धानमा भेटिएका सबुत प्रमाण जिल्ला प्रहरी कार्यालय मोरङकाे जिम्मा लगाएर काठमाडाैं फर्किएकाे छ।

जिप्रका मोरङका अनुसन्धान अधिकृत डिएसपी निशान थापाले मिसिल जिल्ला सरकारी वकिल कार्यालय मोरङलाई जिम्मा लगाइसकेका छन्। स्राेतका अनुसार सरकारी वकिलको कार्यालयले बुधबार मुद्दा मोरङ जिल्ला अदालतमा बुझाउने तयारी गरेको हो।

सम्बन्धित खबर : साढे ३३ केजी सुन खोज्दै गृहको समिति : प्रहरीकै उच्च अधिकारी शंका घेरामा

अनुसन्धानमा सुन तस्करीको अन्तर्राष्ट्रिय गिरोहसँग प्रहरीको मिलेमतो खुलासा भएको छ। विमानस्थलको सुरक्षा गार्ड प्रमुखदेखि एक समयको पूरै सेट संगठित अपराधमा संलग्न देखिएकाे छ। यस्तै सुन तस्करीका मुख्य लगानीकर्ता, सुन भित्र्याउन सघाउने विमान कर्मचारी र भरियासहित २८ जना पक्राउ परेका छन्। पक्राउ बाहेकलाइ फरार प्रतिवादी कायम गरी बुधबार मुद्दा अदालत बुझाउने स्राेतले बतायाे।

सम्बन्धित खबर : ओलीलाई सुन समितिको दुई घन्टा लामाे ‘ब्रिफिङ’

समितिले पक्राउ गरेका बाहेक मोरङ प्रहरीले समेत घटनाको अनुसन्धानका लागि महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख दिवेश लोहनीलाई समेत उपस्थित हुन पत्र काटेको छ। यसअघि साेही विषयमा पत्र काटेका डिएसपी प्रजित केसीलाई मोरङ प्रहरीले हिरासतमा लिएकाे थियाे। महाशाखाको अनुसन्धानमा कैफियत भेटिएको ठहर समितिकाे छ।

सम्बन्धित खबर : तस्कर–विमानस्थल कर्मचारी सुन सम्वाद (भिडियाे)

अनुसन्धान समितिले औंल्याएका विषयमा अनुसन्धान गर्दा महाशाखाले सुन तस्कर चुणामणि उप्रेती उर्फ गोरे पक्राउ गर्न अपनाएको ‘अफ ट्रयाक अनुसन्धान’ प्रक्रियागत रुपमा कानुनको उलंघन भएको ठहर गरेको हो। महाशाखाका तत्कालीन प्रहरी अधिकारीकाे बयान र उपलब्ध सबुत प्रमाणका अाधारमा उनीहरुले दाबी गर्दै आएको ‘सफा नियत’ पुष्टि गर्न नसक्ने ठहर गर्दै तीनै जनालाई पत्र काटेको हो।

https://nepalkhabar .com/np/news/community/36720/

Leave a Reply

Your email address will not be published. Required fields are marked *