समाचार 

डा. केसी पक्राउ परेको प्रधानमन्त्रीलाई नै छैन जानकारी, प्रधानमन्त्रीले पोखे असन्तुष्टि


काठमाडौं । अदालतको अपहेलना गरेको आरोपमा डा. गोविन्द केसी पक्राउ परेको प्रधानमन्त्री शेरबहादुर देउवा नै अनभिज्ञ रहेको पाइएको छ । प्रधानमन्त्री देउवाले डा.केसीलाई प्रहरीले रातारात पक्राउ गरी हिरासतमा राखेकोमा प्रधानमन्त्रीले असन्तुष्टि समेत जनाएको बताइएको छ ।

प्रधानन्यायाधीस समेत संलग्न एक इजलासले गरेको फैसला विरुद्ध परेको अदालतको अपहेलना मुद्धामा डा. केसीलाई पक्राउ गरी अदालतमा हाजिर गराउन सर्वोच्चले आदेश गरेको थियो । यो आदेश जारी गरेसँगै प्रहरीले तत्काल डा. केसीलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको हो ।

स्रोतका अनुसार आफू समेतको इजलासको फैसलाको विरुद्धमा डा. केसी उत्रिएपछि प्रधानन्यायाधीश गोपाल पराजुली उनीविरुद्ध कडा मिजासमा प्रस्तुत भएका थिए । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिनमा डा. शशि शर्मालाई बहाली गर्ने सर्वोच्चको निर्णयविरुद्ध डा. केसी अनसनमा बसेका थिए ।

source -pahilopage

Related posts

Leave a Comment

error: Content is protected !!