समाचार 

इन्जिनियरिङ कलेजमा अवकाश पाइसकेका व्यक्तिहरुको हालिमुहाली

भक्तपुर । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा कानूनी रुपमा कुनै भूमिकामा नरहेका र कलेजबाट अवकाशसमेत पाइसकेका व्यक्तिहरुले हालिमुहाली गर्दै आएको पाइएको छ । कलेजका पूर्वसंस्थापक सदस्यसमेत रहेका डा. दीपकप्रसाद भट्टराई, लेखानियन्त्रक रामकुमार श्रेष्ठलगायत अझै सो संस्थामा सक्रिय रहेका छन् । जब कि उनीहरुलाई कलेजको सञ्चालक समितिको बैठकले बर्खास्त र अवकाश दिने निर्णय गरिसकेको छ ।

कलेजका लेखा नियन्त्रकमा हाल पनि कार्यरत श्रेष्ठले करिब १ वर्षको बीचमा ५० लाख रुपैयाँ ९४० लाखको स्टेटमेण्ट गत असारमा बुझाएको कसैसँग पनि सहमति वा स्वीकृति नलिईकन आफ्नो नाममा एड्भान्स लिई खर्च गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार हिनामिना गरिएको सो रकम मिलाउन डा। भट्टराई तथा कलेजका संस्थापक सदस्य हरि पाण्डेलाई उक्साई कलेजभित्रका सम्पूर्ण सही डकुमेन्टहरुलाई नक्कली बनाएको र आफूले लिएको ५० लाख मिनाहा गरिदिने शर्तमा श्रेष्ठले सम्पूर्ण योजना बनाइरहेका छन् ।

श्रेष्ठको यस्तो गतिविधि थाहा पाउनेबित्तिकै २०७४ कात्तिक १२ गते कलेज सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सूर्यबहादुर केसीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले अवकाशको पत्र दिइसकेको छ । तर, हालसम्म श्रेष्ठ गैरकानुनी रुपमा कलेजभित्र प्रवेश गरी सम्पूर्ण काम यथावत गरिरहेका छन् भने संस्थापक सञ्चालक ५ जना सदस्यहरुलाई टेलिफोन गरी बारम्बर धम्क्याइरहेको स्रोतको भनाइ छ ।

टेलिफोन संवादमा श्रेष्ठले आफू उक्त कलेजको लेखा नियन्त्रकमा कार्यरत रहेको बताए । ‘अवकाश पाइसकेको व्यक्ति तपाईंले कसरी कार्य गर्न पाउनुहुन्छ ?’ भन्ने प्रश्नमा उनले यसबारेमा फोनमा बताउन नचाहने उल्लेख गरे । उनले भने, ‘यस्तो कुरा फोनमा भन्न मिल्दैन, फेस टु फेस आएर कुरा गर्नुहोस् ।’

त्यस्तै कलेजको सञ्चालक समितिको १८२औं बैठकको निर्णयबाट बर्खास्तमा परिसकेका डा. भट्टराई पनि हाल कलेजमा नै कार्यरत छन् । पूर्वसंस्थापक सदस्य रहेका उनले आफ्नो सट्टामा छोरा सलिल भट्टराई सञ्चालक सदस्य बनाएका थिए । त्यसपछि कलेजको कुनै भूमिकामा नरहेका उनी पुनः अभिभावकको तर्फबाट आमन्त्रित सदस्य तोकिएको थियो ।

तर उनको काम कर्तव्य अत्यन्त नकारात्मक रहेको भन्दै २०७४ मंसिर २६ गते कलेजको सञ्चालक समितिको बैठकले बर्खास्त गर्ने निर्णय गरी उनलाई बर्खास्तीको पत्रसमेत पठाएको थियो । आमन्त्रित सदस्यको रुपमा अध्यक्ष तथा कार्यवाहक अध्यक्षको सहयोग लिई कार्य गर्ने भन्ने पदबाट बर्खास्त गरिसकेको भए पनि डा. भट्टराईले हालसम्म कलेजमा प्रभुत्व कायम गर्दै आएका छन् ।

अवकाशप्राप्त लेखा नियन्त्रक श्रेष्ठ तथा डा. भट्टराई समूहले कलेजका कर्मचारी प्रयोग गरी विरोधका कार्यक्रम गर्दै आएको एक सञ्चालक सदस्यको आरोप छ । आइतबार पनि कलेजका कर्मचारी मनोहर खनालको नेतृत्वमा कलेजको बसमा कर्मचारीहरुलाई काठमाडौंको माइतीघर मण्डलामा विरोध गर्न लगाइएको र उनीहरुकै निर्देशनमा कलेजका अध्यक्ष, उपाध्यक्षका गाडीहरु खनालले कब्जा गरेको आरोप ती सञ्चालक सदस्यको छ ।

सञ्चालक समितिले आफूलाई बर्खास्त गर्ने भनेर गरेको निर्णय नमान्ने डा. भट्टराईले बताए । उनले भने, ‘उहाँहरुले लगाउनु भएको आरोप गलत छ । गुण्डागर्दी गरेर कलेजमा प्रवेशमा निषेध गर्यो भन्ने आरोप पनि असत्य हो । म आफू नै उहाँहरुलाई कलेजमा लिएर जान तयार छु ।’ उनले सञ्चालक सदस्यहरुले करबलमा नै आफूलाई आमन्त्रित सदस्यको रुपमा नियुक्त गरेको र अहिले स्वार्थवश एकपक्षीय रुपमा बर्खास्त गरिएको भन्दै त्यो निर्णय नमान्ने बताए । यसबारे थप अन्य खोजबिन जारी छ ।

श्रेष्ठलाई अवकाश दिइएको पत्र :

Related posts

Leave a Comment

error: Content is protected !!