फिल्मी समाचार मनोरंजन समाचार 

पुजाको फिल्ममा माग्ने बुढा ???


‘म यस्तो गीत गाउँछु’ को सफलतबाट हौसिएकी नायिका पुजा शर्मा यतिबेला आफनो दोस्रो प्रोजेक्टको तयारीका लागि दौडधुपमा रहेकीछिन् । केही दिन अगाडीमात्र आफनो तयारी भन्दै जिममा कसरत गर्दे गरेको तस्बिर सामाजि सञ्जालमा सेयर गरेकी पुजाले आफनो नयाँ चलचित्रमा माग्ने बुढा अर्थात केदार घिमिरेलाई अनुबन्धित गरेको चर्चा सिनेबजारमा चलेको छ ।

वास्तवमा पुजा , निर्देशक सुर्दशन थापा , किरण केसी र माग्ने बुढाले भेटघाट गरेको तस्बिर भाईरल भएसंगै यसको चर्चा चलेको छ । सुन्नमा आए अनुसार पुजाले माग्ने बुढालाई महङगै पारिश्रृमिक दिएर चलचित्रमा अनुबन्धित गर्न लागेकीछिन् । ६ एकान ६ हुदै चलचित्र क्षेत्रमा प्रबेश गरेका केदार घिमिरेलाई ठुलो पर्दामा पनि निकै रुचाईयो ।

पछिल्लो रिलिजमा आएको चलचित्र ‘छक्का पञ्जा २’ लाई धानेकै केदारले हो भन्नेहरुको कमी थिएन । कमेडीपात्रका लागि केदारको लोकप्रियता बढेपछि पुजाले पनि आफनो चलचित्रमा अनुबन्धित गर्ने सोचमा पुगेकी हुन् । यद्धपी पुजा र सुर्दशनबाट भने यसमा कुनै स्पष्टीकरण आएको छैन् । तरखासै नजिकको मित्रता नभएका पुजा सुर्दशनको माग्ने बुढासंग भेट हुनु संगै काम गर्न लागेको बुझिएको कतिपयको बिश्लषण रहेको छ ।
source -midnepal
 

Related posts

Leave a Comment

error: Content is protected !!