फिल्मी समाचार समाचार 

११ करोड पाए वर्षमा एउटामात्र फिल्म खेल्छु : प्रियंका कार्की

पछिल्लो समय चलचित्र, विज्ञापन, म्युजिक भिडियोमा निकै व्यस्त भएकी अभिनेत्री प्रियंका कार्कीलाई एउटै आरोप लाग्ने गरेको छ । यसै हप्ता चलचित्र ‘लिलिबिलि’ छायाकंन सकिएर नेपाल फर्किएकी अभिनेत्री कार्की किन सँधै एउटै भुमिकामा ? भन्ने आरोप स्वीकार गर्दिनन् । उनी भन्छिन्, ‘मैले सँधै एकैखालको भुमिकामा अभिनय गरेको छैन्, मेरा लागि हरेक फिल्म र त्यसभित्रका पात्र नयाँ लाग्छन् । ती पात्रहरुमा भिजेर अभिनय गर्दा चुनौतीहरु पनि त्यत्तिकै हुन्छन् ।’ यसै वर्षमात्र उनी अभिनित आधा दर्जनभन्दा बढी चलचित्रहरु प्रदर्शनमा आइसकेका छन् भने केहि प्रदर्शनको तयारीमा छन् । तर, सबै चलचित्रहरुमा एकैखाले भुमिकामा देखिएको…

Read More
अनौठो फिल्मी समाचार रोचक समाचार समाचार 

निखिललाई ७ तलाबाट हामफाल्न लगाउने निर्देशक

कलाकार तथा निर्देशक देशभक्त खनालको आफ्नै परिचय छ । उनले ५० को हाराहारीमा टेलिसिरियल र त्यतिकै हाराहारीमा फिल्म पनि खेलेका छन् । उनले आधा दर्जन फिल्मको निर्देशन पनि गरेका छन् । खासगरी उनले निर्देशन गरेको फिल्म ‘पिँजडा’ निकै हिट थियो । नेपाली फिल्म उद्योगमा निखिललाई ७ तला माथिबाट हामफाल्न लगाउने निर्देशकको रुपमा पनि उनलाई चिनिन्छ । पिँजडाको अलावा उनले ‘अचानक’, ‘बाजी’, ‘मन मेरो मान्दैन्’, ‘सन्तान थरिथरिका’ फिल्म पनि निर्देशन गरेका छन् । ‘हारजीत’मा सानो भूमिका निर्वाह गरेर कलाकारितामा प्रवेश गरेका उनको जीवनको सबैभन्दा अविस्मरणीय फिल्म ‘झोला’ हो । कृष्ण धारावासीको…

Read More
फिल्मी समाचार मनोरंजन समाचार 

पुजाको फिल्ममा माग्ने बुढा ???

‘म यस्तो गीत गाउँछु’ को सफलतबाट हौसिएकी नायिका पुजा शर्मा यतिबेला आफनो दोस्रो प्रोजेक्टको तयारीका लागि दौडधुपमा रहेकीछिन् । केही दिन अगाडीमात्र आफनो तयारी भन्दै जिममा कसरत गर्दे गरेको तस्बिर सामाजि सञ्जालमा सेयर गरेकी पुजाले आफनो नयाँ चलचित्रमा माग्ने बुढा अर्थात केदार घिमिरेलाई अनुबन्धित गरेको चर्चा सिनेबजारमा चलेको छ । वास्तवमा पुजा , निर्देशक सुर्दशन थापा , किरण केसी र माग्ने बुढाले भेटघाट गरेको तस्बिर भाईरल भएसंगै यसको चर्चा चलेको छ । सुन्नमा आए अनुसार पुजाले माग्ने बुढालाई महङगै पारिश्रृमिक दिएर चलचित्रमा अनुबन्धित गर्न लागेकीछिन् । ६ एकान ६ हुदै…

Read More
फिल्मी समाचार मनोरंजन रोचक समाचार 

अर्जुन कपुरले बहिनीको बर्थडेमा अनुहार लुकाउनुको कारण खुल्यो

मुम्बइ। बहिनी अंशुला कपुरको बर्थडे पार्टीमा पुग्दा बलिउड हिरो अर्जुन कपुरले अनुहार कसैलाई देखाएनन् । कालो मास्क लगाएर पुगेका अर्जुनले त्यहाँ रहँदासम्म मास्क हटाएनन् । पार्टीमा सहभागी साथीहरु अर्जुनको यो रुप देखेर चकित परे । रिपोर्टका अनुसार उनले यसरी अनुहार लुकाउनुको खास कारण छ । अर्जुनले आफ्नो आउँदै गरेको फिल्म ‘नमस्ते क्यानडा’को लागि आफ्नो लुकमा केही परिवर्तन गरेको र त्यही लुक गोप्य राख्न मास्क लगाएको केही मिडियाले लेखेका थिए । तर, पछि उनले नमस्ते क्यानडाको लागि नभइ अर्कै फिल्मको लागि बनाएको लुक लुकाउन मास्क लगाएको खुलेको छ । खासमा अर्जुनले…

Read More
फिल्मी समाचार मनोरंजन रोचक समाचार समाचार 

यी हुन् बलिउडबाट खाली हात फर्केका नेपाली हस्तीहरु

बलिउडको हलिउड मोह र कलिउड बलिउड मोह पहिलेबाट नै देखिदै आएको हो । पछिल्लो समय बलिउडमा ठुला स्टारको रुपमा नभए पनि केही नेपालीहरु बलिउडको विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका छन् । केही समय अगाडीमात्र नायिका प्रियंका कार्कीले बलिउडको चर्चित व्यानर यसराज फिल्मसको लागि अडिसन दिएर आएकी थिईन् । प्रियंका मात्र तर यसअघि नेपाली चलचित्र क्षेत्रका चर्चित नायिकाहरु बलिउडमा अवसर पाउँनको लागि त्यतै हानिएका थिए ।नेपालमै आफनो फिल्मी करियरलाई थाती राखेर बलिउड हाँकिएका उनीहरु लामो समयको संघर्षपछि पनि त्यहाँबाट खाली हात फर्किएका थिए । आउनुस तीनै कलाकारको बारेमा कुरा गरौँ निरुता…

Read More
फिल्मी समाचार मनोरंजन समाचार 

सलमान खान र कट्रिना नेपाल आउँदै

 सलमान आउदै छन् नेपाल  काठमाडौंः बलिउड नायक ‘दबङ्ग हिरो’ सलमान खान नेपाल आउने भएका छन् । ‘ओडिसी इन्टरटेनमेन्ट’ले आयोजना गर्न लागेको ‘दबङ्गः द सलमान खान लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिन नायक सलमान खान आगामी फागुन २६ गते नेपाल आउने भएका हुन् । काठमाडौंको टुँडिखेलमा आयोजना हुने उक्त कार्यक्रममा करिब २५ हजार दर्शकमाझ नायक सलमान खानले आफ्नो प्रस्तुति दिनेछन् । ओडिसीका प्रबन्ध निर्देशक सिमान्त गुरुङका अनुसार सो कार्यक्रमका लागि सलमान खानसहित बलिउडका अरु कलाकारहरु प्रभु देवा, नायिका ज्याकलिन फर्नान्डेज, जरिन खान लागायत नेपाल आउनेछन् । यसअघि हलिउडका गायक ब्रायन एडम्सलाई…

Read More
फिल्मी समाचार रोचक समाचार समाचार 

अन्तत: डुब्यो रेखाको जहाज, न फिल्म न राजनीति !

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गर्दा हिरोइन रेखा थापाले भनेकी थिइन मेरो अन्तिम पार्टी यही हो । तर ६ महिना बित्न नपाउँदै पशुपतिशमशेर राणाको राप्रपा प्रजातान्त्रिक तिर लागिन राणाको चुनाव प्रचारमा खुब खटिन् । तर, न राणाले जिते न राप्रपा प्रजातान्त्रिक राष्ट्रिय पार्टी भयो । यो राजनीतिक पीडा यस्तो बेला आइलाग्यो जतिबेला उनी निर्मित तथा अभिनीति रुद्रप्रिया फ्लप भएको घाउ आलै थियो । फिल्मको व्यापार मात्र होइन, समीक्षात्मक प्रतिक्रियामा पनि नाजुक रह्यो । त्यसअगाडि उनका पलास र डायरी लगातार असफल भएका थिए । सायद यही कारण हुनुपर्छ…

Read More
अनौठो फिल्मी समाचार समाचार 

कसले पार्यो प्रियंका र आयुष्मानको यस्तो अवस्था ?

पछिल्लो समय चर्चित नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज श्रेष्ठ जोशीको चर्चा जहाँतहीँ हुने गरेको छ । उनीहरु प्रायजसो एकअर्कासँग समय बिताउन मन पराउने गर्छन् । यस्तैमा अचेल त उनीहरु दुवैलाई लिएर फिल्म तथा म्युजिक भिडियोहरु पनि बनाउन थालिएको छ । पछिल्लो समय उनीहरुले अभिनय गरेका भिडियोहरु युट्युबमा थुप्रै आएका छन् भने चलचित्र ‘छक्का पन्जा २’मा पनि उनीहरु देखिएका थिए । यस्तैमा केहिदिन अघि नायिका प्रियंका कार्कीले आफ्नो इंस्टाग्राममा एउटा अचम्मको फोटो राखेकी थिईन्, जसमा आयुष्मान र उनी गाउँले भुमिका देखिएका थिए । नायिका कार्की एक चलचित्रको लागी यस्तो…

Read More

अनमोलको जादु

करिब दुई वर्ष पछि युवा स्टार अनमोल केसी मिडिया माझ आए । माघ २६ देखि रिलिज हुन थालेको ‘कृ’ फिल्मका लागि भूमिगत जस्तै बनेका अनमोल शुक्रवार बडि गार्ड सहित पत्रकार सम्मेनमा देखिए । साथमा फिल्मकी मुख्य नायिका अदिति बुढाथोकी पनि थिइन् । नायक तथा निर्माता भुवक केसी, सुवास गिरि र निर्देशक सरेन्द्र पौडेल पनि ‘कृ’ को ट्रेलर रिलिजमा उत्साहित हुँदै सहभागी भए । नाम जस्तै उनी नेपाली फिल्म उद्योगका लागि अनमोल छन् । पछिल्लो पटक उनी अभिनित गाजलु रिलिज भएको थियो । ‘गाजलु’ पछि उनी कुनै पनि सार्वजनिक कार्यक्रम तथा…

Read More
फिल्मी समाचार समाचार 

‘कृ’को ट्रेलर ट्रेन्डिङको नम्बर १ मा, युटुबमा तोडियो सबै रेकर्ड

अब, २४ घन्टामै युटुबमा चलचित्रको ट्रेलर वा गीत यति पटक हेरियो, यति नम्बर ट्रेन्डिङमा पर्न सफल भयो भन्ने खबर पुरानो भएको छ । शुक्रबार बेलुकी ६ बजे सार्वजनिक भएको चलचित्र ‘कृ’को ट्रेलरले युटुबमा नेपाली चलचित्रको ट्रेलरले यसअगाडि बनाएको सबै रेकर्डलाई तोडिदिएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएको ६ घन्टामै ट्रेन्डिङको तेश्रो स्थानमा पर्न सफल भएको थियो । त्यसको केहि घन्टामै ट्रेलर नेपाल ट्रेन्डिङको दोश्रो स्थानमा उक्लन सफल भयो । अब, चलचित्रको ट्रेलर सार्वजनिक भएको १९ घन्टामै नेपालमा युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा उक्लिएको छ । कुनै पनि चलचित्रको ट्रेलर यसअगाडि…

Read More
error: Content is protected !!