सत्ता हस्तान्तरण गर्न आतुर छु –प्रधानमन्त्री देउवा

पुस ११, २०७४ प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक व्यवस्था अनुसार सत्ता हस्तान्तरण गर्न आफु आतुर रहेको बताउनुभएको छ । सौराहामा १४ औं चितवन हात्ती महोत्सवको उद्धघाटन गर्दै प्रधानमन्त्री देउवाले संवैधानिक प्रक्रिया अनुरुप सत्ता हस्तान्तरण गर्ने बताउनुभएको हो । देउवाले भन्नुभयो – लामो संक्रमणकाललाई राष्ट्रिय/अन्तराष्ट्रिय स्तरबाट विश्वास हुने किसिमबाट सम्पन्न गर्दै शाचन्तिपूर्ण लोकतान्त्रिक नेपाल निर्माण गर्न नेपाल सरकार सफल भएको छ । मुलुकको संक्रमणकालको समाधानका लागि नेपाली कंग्रेस सफल भएको प्रधानमन्त्री देउवाले जिकिर गर्नुभयो । देउवाले भन्नुभयो…

"सत्ता हस्तान्तरण गर्न आतुर छु –प्रधानमन्त्री देउवा"

देउवाले राखे अचम्मकाे माग, आफुलाई राष्ट्रपतिको ग्यारेण्टी भए तत्काल पदबाट राजीनामा दिने .

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नगरेसम्म राजीनामा नदिने अडान राखिरहेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष अचम्मकाे प्रस्ताव राखेका छन् । जारी राजनीतिक गतिराेध अन्त्यकाे लागि पहलकदमी लिने क्रममा देउवालार्इ विकल्पकाे बाटाे अपनाउनुपर्ने सुझाव दिन पुगेका प्रचण्डलार्इ देउवाले अचम्मकाे प्रस्ताव अघि सारेका हुन् । प्रधानमन्त्री निकट स्राेतका अनुसार देउवाले अाफूलार्इ राष्ट्रपति बनाउने कुराकाे ग्यारेन्टी गर्न प्रचण्डसमक्ष प्रस्ताव राखेका छन्। अाफूलार्इ राष्ट्रपति बनाउने ग्यारेण्टी भएकाे…

"देउवाले राखे अचम्मकाे माग, आफुलाई राष्ट्रपतिको ग्यारेण्टी भए तत्काल पदबाट राजीनामा दिने ."

कांग्रेसका पूर्वमन्त्री सहित १२ जनालाई १५ वर्षसम्म निलम्वन गर्न सिफारिश, नामावली सहित कारण हेर्नुहोस्

पर्सा, ९ पुस । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी पर्साका पूर्व जिल्ला सभापतिसमेत रहनुभएका चौधरीसहित १२ जनालाई १५ वर्षका लागि पार्टीबाट निष्काशन गर्न सिफारिश गरेको जानकारी दिनुभयो । उहाँले असोज २ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको…

"कांग्रेसका पूर्वमन्त्री सहित १२ जनालाई १५ वर्षसम्म निलम्वन गर्न सिफारिश, नामावली सहित कारण हेर्नुहोस्"

मध्य रातमा नेपाली कांग्रेस लागि आयो अहेलेसम्मको ठुलो दु:खको खबर

नेपाली कांग्रेस सातवटै प्रदेशमा पाँच वर्षसम्म सत्ता बाहिर ! काठमाडौँ : २०४८ पछि करिब २३ वर्षसम्म सत्ताको स्वाद चाखेको नेपाली कांग्रेसले यो पटक केन्द्रीय सरकारदेखि प्रदेश सरकारमा समेत कम्तिमा पाँच वर्षसम्म प्रतिपक्षमा बस्नुपर्ने भएको छ ।समानुपातिकमा एमालेकै हाराहारीमा सिट प्राप्त गरेको कांग्रेसले देशका ७ वटै प्रदेशमा सरकार बनाउन नसक्ने भएको छ । कांग्रेसको प्रदेश सभामा समानुपातिकतर्फ एमालेको भन्दा ३ सिट मात्र कम छ । निर्वाचन आयोगले सार्वजनिक गरेका तथ्याङ्कको आधारमा एमालेले ७५ सिट पाएको छ…

"मध्य रातमा नेपाली कांग्रेस लागि आयो अहेलेसम्मको ठुलो दु:खको खबर"

कृष्णप्रसाद भट्टराईको ९४औं जन्मोत्सवमा स्टेज माईक समातेका ओलीले भने “म हली गोठालोको छोरा हु अरुको जस्तो घमण्ड छैन”

८ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै दम्भ नदेखाएको बताएका छन् । कांग्रेस नेताहरुले आफूमाथि अहंकार देखाएको आरोप लगाएको तर्फ संकेत गर्दै ओलीले भने, ‘गाईभैंसी चराएर हुर्किएको ठिटो हुँ । शासकीय स्वभाव र ख्वाइस छैन ।’ सन्तनेता कृष्णप्रसाद भट्टराईको ९४औं जन्मोत्सवको अवसरमा बाँडेगाउँमा आयोजित कार्यक्रममा भने, ‘कतै दम्भ देखाउनु छैन । न दम्भ देखाउने न कुलघरानाको हुँ । हलीको छोरा हुँ, आफैं गोठालो हुँ ।’ भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले…

"कृष्णप्रसाद भट्टराईको ९४औं जन्मोत्सवमा स्टेज माईक समातेका ओलीले भने “म हली गोठालोको छोरा हु अरुको जस्तो घमण्ड छैन”"

प्रचण्डको खुलासाः एमाले र माओवादीबाट आलोपालो प्रधानमन्त्री

चितवन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको सरकारको नेतृत्व दुई दलका नेताले आलोपालो गर्ने सहमति भएको बताएका छन्। प्रेस सेन्टर चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता दाहालले भनेभन्नुभयो “सरकारको नेतृत्व आलोपालो अपनाउने सिद्धान्ततः भएकै हो ।” पार्टी एकता संयोजन समितिको बैठक बसेपछि यसको अन्तिम टुंगो लगाउने उनले बताए। पाँच दलको आज बसेको बैठकमा राष्ट्रिय सभाको गठन एकल संक्रमणीय कि बहुमतीय भन्ने विषयमा छलफल भएको बताउँदै टुंगोमा नपुगे पनि छलफल सकारात्मक भएको…

"प्रचण्डको खुलासाः एमाले र माओवादीबाट आलोपालो प्रधानमन्त्री"

जव ओली र देउवा एक साथ् भेट गरे अनि ओलीले देउवालाई एसो भने….

७ पुस, काठमाडौं । ‘कामचलाउ सरकार’का प्रधानमन्त्री शेरबहादुर देउवा र ‘प्राइमिनिष्टर इन वेटिङ’ मानिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । तर, चुनावपछि भएको यो पहिलो भेट सौहार्दपूर्ण हुन सकेन । चुनावपछि देउवा र ओलीबीच भेट मात्रै होइन, टेलिफोन वार्ता समेत हुन सकेको थिएन । झापा र डडेलधुराबाट चुनाव जितेका ओली र देउवाले एकअर्कावीच बधाइसमेत साटासाट गरेका थिएनन् । दुबै नेताले चुनाव अघिदेखि नै एकअर्काप्रति आक्रामक आभिव्यक्ति दिँदै आएका थिए ।…

"जव ओली र देउवा एक साथ् भेट गरे अनि ओलीले देउवालाई एसो भने…."

एक्कासी काँग्रेस नेताहरुको लागि आयो राष्ट्रपतिको यस्तो संदेश

काठमाडौं, ७ पुस । राष्ट्रिय सभासम्बन्धी अध्यादेश वारेको विवाद सल्झाउन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेकी छिन् । शुक्रबार राष्ट्रपति निवास शीतल निवासमा भएको छलफलमा कांग्रेस नेताहरुले सरकारले पेश गरेको अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने धारणा राखेका छन् । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले पेश गरेको अध्यादेश जतिसक्दो चाँडो स्विकृत गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए । बैठकमा नेता कृष्णप्रसाद सिटौलाले अन्र्तराष्ट्रिय अभ्यासमा समेत अध्यादेश रोक्न नहुनेबारे राष्ट्रपतिको ध्यानाकार्षण गराएका थिए ।…

"एक्कासी काँग्रेस नेताहरुको लागि आयो राष्ट्रपतिको यस्तो संदेश"

दुई दलबीचको अध्यादेश अहंकारले सबै प्रक्रिया अवरुद्ध बन्ने संकेत

देशका प्रमुख तीन नेतालाई विदेश कतैबाट फोन आएको समाचार सार्वजनिक भएसंगै मुलुकको राजनीतिक फेरि एकाएक तरंगित बने झै भयो । एकै ठाउँमा उभिनै नसक्ने अवस्थामा पुगेका प्रमुख दलका नेताहरु एकाएक एकै ठाउँ उभिए । प्रतिनिधिसभा निर्वाचनले मुलुकको राष्ट्रिय पार्टीको मान्यता पाएका पाँच दलका नेताहरु गम्भीर परामर्शमा जुटे तर दुर्भाग्य कुनै निकास ननिकाली सतही तर्क गर्दै छुटे । यो मुलुकको राजनीतिक विडम्बना नै मान्नुपर्छ , मिल्न र छुट्न विदेशीकै भर पर्नु पर्ने । तर नेपालको ऐतिहासिक…

"दुई दलबीचको अध्यादेश अहंकारले सबै प्रक्रिया अवरुद्ध बन्ने संकेत"

राष्ट्रपतिबाट छलफल गर्न कांग्रेस नेतालाई बोलावट

काठमाडौँ — राष्ट्रियसभा निर्वाचन अध्यादेश राष्ट्रपति कार्यालयमै ‘होल्ड’ भएपछि सहमति जुटाउन देउवाले बालुवाटारमा बोलाएको प्रमुख दलहरुको बैठक बिना निष्कर्ष टुंगिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले छलफलका लागि कांग्रेस नेतालाई बोलाएकी छिन्। तीन बजे राष्ट्रपति कार्यालयमा हुने बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला तथा विमलेन्द्र निधि सहभागी हुने बताइएको छ्। सरकारले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित हुने व्यवस्थासहितको अध्यादेश सिफारिस गरेपछि एमाले र माओवादी केन्द्र असन्तुष्ट छन्। -source -ekantipur

"राष्ट्रपतिबाट छलफल गर्न कांग्रेस नेतालाई बोलावट"