समाचार स्वास्थ्य 

कम सुत्ने मानिस मानसिक समस्याको खतरामा : अध्यन

दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डिप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसलाई मानसिक तनाव एवम् निराशा (डिप्रेसन)को समस्या देखिने तथ्य पत्ता लागेको जनाएको थियो । सुत्ने समयावधि र मानसिक अवस्थाबीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो । विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई पाइएको पनि उल्लेख गरेको छ…

Read More
दुखद समाचार स्वास्थ्य 

जाजरकोटमा भाइरलको महामारी : १ सातामै गयो ९ को ज्यान, सयौं बिरामी

जाजरकोट । जाजरकोटमा एक हप्तादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका ३ का ६७ वर्षीय करसिंह टमटा, २ का ५७ वर्षीय आइती तिरुवा, जुनीचाँदे गाँउपालिका २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ बर्षका सतरुप शाहीको, ८ वर्षिय धनवहादुर विक, र ४ जना बालबालिका रहेका छन्। बालबालिकाहरुमा १ महिनाका २ जना, ७र८ दिनका २ जना र ४ वर्षको १ जना रहेका छन्। ज्वरो र रुघाखोकीले जुनीचाँदेका तीन सय बढी गाँउलेहरु बिरामी परेका स्वाथ्य चौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताए। स्वाथ्यचौकीमा दैनिक…

Read More
स्वास्थ्य 

उर्मिलाको अनुहारमा पूर्ण चन्द्रमा

एउटी लिखुरी फुच्ची । उस्तै लिखुरे कायाका उनका बाबु । हातमा बडेमानको झोला । पैदलयात्रीको ठेलमठेल भीड भएको गौशाला चोकमा उभिएर तारन्तारको फोन र मैले आफ्नो कपडाको रंगसहितको हुलिया बताएपछि हामीले एकअर्कालाई चिन्यौं । त्यसअघि हामी बिल्कुल अपरिचित थियौं । पाल्पाको दुर्गम गाउँ आधामारा (साविकको अर्चले गाविस) बाट उनीहरू केही बेरको पैदल, पाँच घण्टाको गाडी यात्रामा सदरमुकाम तानसेन र त्यहाँबाट एक रातको गाडी यात्रापछि काठमाडौं आइपुगेका थिए । पहिलो भेटअघि नै मैले एक अपरिचितबाट उनीहरूको कथा सुनिसकेको थिएँ । अनि फोनमा एकपटक बाबुको स्वर सुनेको थिएँ । उनी अर्थात् गनबहादुर मगर । फुच्ची अर्थात् उनकी ११ वर्षीया छोरी उर्मिला ।…

Read More
समाचार स्वास्थ्य 

पाँच करोड बैंक घोटालाको अनुसन्धानमा आर्मी अस्पतालका डाक्टर तानिए

काठमाडौं– कृषि विकास बैंकमा भएको घोटालामा नेपाली सेनाको अस्पतालमा कार्यरत सहायक रथी डा रमेश विष्ट छानबिनमा तानिएका छन्। डा विष्ट आँखा रोग विशेषज्ञ हुन्। घोटलाको रकम सहायक रथी डा रमेश विष्टको खातामा भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र सेनाले उनीमाथि छानबिन थालेको हो। कृषि विकास बैंकको न्युरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ घोटाला भएको थियो। जसमा बैंकका दुई कर्मचारीसहित तीन जनालाई सिआइबीले गत साता नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ। बैंककी सहायक टेलर दिपिका रेग्मी, अर्दली रमेश थापा र सुन पसले प्रकाश घतानीलाई प्रहरीले पक्राउ गरी बैंकिङ कसुर…

Read More
स्वास्थ्य 

त्यो सर्जरी: टिचिङ अस्पतालमा जब खुट्टाको औंला हातमा जोडियो

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्लास्टिक सर्जन डा ईश्वर लोहनी आफ्नै काममा व्यस्थ थिए । एक दिन अस्पतालमा हातको कान्छी औंला बाहेक सबै औंला काटिएको बिरामी उपचारका लागि आए । डा लोहनीले ति बिरामीलाई हेरे । बिरामीको हातका औंला काठ चिर्ने मेसिनले पुरै छिनाएको रहेछ । छिनेको औंला साथमा नल्याएका कारण डाक्टरले उनको हातमा तत्कालै औंला जोड्न सकेनन् । तर, डा लोहनीले ती औँलाले सहारा पाए समातेर गर्ने धेरै काममा सहजता आउला भन्ने महसुस गरे। उनले खुट्टाको औँला काटेर हातमा जोडिदिने प्रस्ताव बिरामीलाई सुनाए। चिकित्सा विज्ञानमा धेरै प्रगति भइरहेको सुने…

Read More
error: Content is protected !!