समाचार 

५० हजार मान्छे एकै ठाउमा भेला भएर बुद्धको नाम गिनिजबुकमा यसरी लेखाउदै छन् रबि लामीछाने र गायक धिरज राई

५ माघ । शान्तिका अग्रदुत गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हाे । तर, गलत उद्देश्यले गाैतम बुद्धकाे जन्मस्थान भारत रहेकाे भ्रम छरेकाे पनि भेटिन्छ । यिनै भ्रम चिर्न बुद्धकाे जन्मस्थान ‘नेपालकाे लुम्बिनी’ गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा दर्ता गराउन अग्रसर भएका छन्, गायक धिरज राई । यस कार्यमा गायक राईलाई ५० हजार नेपालीकाे साथ चाहिएकाे उनले बताए । करिब एक दशक अघि स्नातकाेत्तर तह अध्ययनका क्रममा ‘हिस्टाेरी अफ दि नाेलेज’ पुस्तकमा बुद्धकाे जन्म भारतमा उल्लेख गरिएकाे फेला पारेपछि गायक राईको मन दुखेकाे थियो । उच्च तहमा पनि यस्ता…

Read More
समाचार 

भोलि बिहिबार सरकारले दियो सार्वजनिक बिदा ! –

काठमाडौं । बिहिवार पुस २७ गते सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। उक्त दिन सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली कुटनीतिक नियोगहरु समेतमा बन्द हुनेछन् । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिन रहेको पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा पहिले देखिने मनाउने गरिन्छ । तर वि.सं २०६२ सम्म उक्त दिन सार्वजनिक बिदा दिने गरिए पनि देशमा राजतन्त्रको अन्त्य भएसँगै विसं २०६३ देखि अघिल्लो अहिले गणतान्त्रिक देशमा राजाको जन्मदिनमा बिदा दिन नहुने भन्दै केहि राजनीतिक दलको दवाबमा सो बिदा कटौती गरिएको थियो । यस पेटक…

Read More
रोचक समाचार समाचार 

नेपालमै बनेको बजाजका बाइकमा ग्राहकको बढ्दो चासो

काठमाडौं । गोल्छा अर्गनाइजेशनले नवलपरासीको रामग्राममा स्थापना गरेको मोटरसाइकलको एसेम्बल्ड प्लाण्टबाट १ सय २५ सीसीको बजाज डिस्कभरको उत्पादन तथा विक्री वितरण शुरू गरेको छ । नेपालमै एसेम्बल्ड भएर बजारमा आएको मोटरसाइकलप्रति ग्राहकको रुचि तथा चासो बढिरहेको कम्पनीको भनाइ छ । नेपालमै बनेको १ सय २५ सीसीको बजाज डिस्कभर बाइकको डिजाइन, टिकाउपन, मूल्य तथा विक्रीपछिको सुविधालगायत कुरामा ग्राहकले चासोपूर्वक सोध्ने गरेका छन् । अहिले विक्री भइरहेको बजाज डिस्कभर बाइक नेपालमै उत्पादन भएको गोल्छा समूहका कार्यकारी निर्देशक शेखर गोल्छाले जानकारी दिए । ‘हामीले अहिले दैनिक करीब ३० ओटा डिस्कभर बाइक उत्पादन गरिरहेका…

Read More
error: Content is protected !!