दुखद समाचार 

स्थानीयको प्रश्न– रानीपोखरीलाई ‘दुहुनो गाई’ बनाउन खोज्ने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुनर्निर्माण थालेको रानीपोखरीको व्यापक आलोचना भएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको ‘एकलौटी निर्णयमा’ रानीपोखरीको पोखरीस्थलमा उठाइएको कंक्रिटवालको विषयमा पछिल्लो समय विवाद चर्किंदै आएको छ । कंक्रिट प्रयोग गरिएपछि उपमेयर हरिप्रभा खड्गीले नगरवासीको ‘माग बमोजिम’ रानीपोखरी पुनर्निर्माण परिसरमा तालाबन्दी गरेपछि मेयर शाक्य र उपमेयर खड्गीबीच पनि आन्तरिक कलह बढेको महानगरपालिकाका केही कर्मचारीको भनाइ छ । रानीपोखरी पुनर्निर्माणमा मेयर र उपमेयरको धारणा साथै गत मङ्सिर १३ गते पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा गठित ‘रानीपोखरी पुनर्निर्माण अध्ययन विशेषज्ञ समिति’का निर्णयहरु सुन्न बुधबार काठमाडौंस्थित सभागृहमा ‘सार्वजनिक सुनुवाइ’…

Read More
अनौठो रोचक समाचार समाचार 

खुशीको खबर मोरङमा भेटियो पेट्रोलको खानी, सत्यतथ्य विवरण सार्वजनिक गर्न माग

काठमाडौँ । मोरङको बाहुनी १० स्थित राधानगरमा रहेको भनिएको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् । गौचरणमा प्रयोग भइरहेको पेट्रोल खानीमा पेट्रोल भए उत्खनन गर्न र नभए त्यही जग्गामा उद्योगधन्दा चलाउन स्थानीयले मोरङ–३ बाट निर्वाचित सांसद भानुभक्त ढकालसँग माग गरेका हुन् । पेट्रोलियम अन्वेषणका क्रममा ३५ वर्षअघि नेदरल्यान्ड सरकारको ‘सेल’ नामक कम्पनीले राधानगरमा तीन हजार पाँच सय मिटर गहिरो ड्रिल गरी १४ महिनासम्म अनुसन्धान गरे पनि अहिलेसम्म पेट्रोल निकाल्ने काम सुरु भएको छैन । पटकपटक लाखौँ रुपैयाँ खर्चेर अन्वेषण गरे पनि पेट्रोल निकाल्न नसकिएको हो ।…

Read More
समाचार 

जहाज उडाउँदा आनन्द लाग्छ’ – नेपालकी पहिलो महिला प्रशिक्षक पाइलट सविना श्रेष्ठ

नेपालकी पहिलो महिला प्रशिक्षक पाइलट सविना श्रेष्ठ (३५) एअरबस, बोइङ जस्ता ठूला विमान उडाउन चाहन्छिन्। काठमाडौं, मध्यबानेश्वरकी सविना श्रेष्ठ ११ वर्षकी छँदा पहिलो पटक हवाईजहाज चढेकी थिइन्। “यत्रो ठूलो चिज कसरी हावामा उडेको होला भनेर छक्क परेकी थिएँ”, हालै मात्र नेपालकै पहिलो महिला प्रशिक्षक पाइलट बनेकी सविना भन्छिन्, “त्यो बेलादेखि नै हवाईजहाजबारे कौतुहल थियो।” सिद्धार्थ वनस्थली स्कूलबाट एसएलसी उत्तीर्ण सविनाले अमेरिकाको टेक्सासमा उडान तालीम लिएकी थिइन्। एक वर्षअघि अमेरिकाकै महिला पाइलटको अन्तर्राष्ट्रिय संस्था ‘नाइन्टी नाइन्स’ ले प्रदान गरेको छात्रवृत्तिले उनलाई अहिले नेपालको पहिलो महिला प्रशिक्षक पाइलट बनाएको हो। “आमाले सधैं…

Read More
रोचक समाचार समाचार 

नेपालमै बनेको बजाजका बाइकमा ग्राहकको बढ्दो चासो

काठमाडौं । गोल्छा अर्गनाइजेशनले नवलपरासीको रामग्राममा स्थापना गरेको मोटरसाइकलको एसेम्बल्ड प्लाण्टबाट १ सय २५ सीसीको बजाज डिस्कभरको उत्पादन तथा विक्री वितरण शुरू गरेको छ । नेपालमै एसेम्बल्ड भएर बजारमा आएको मोटरसाइकलप्रति ग्राहकको रुचि तथा चासो बढिरहेको कम्पनीको भनाइ छ । नेपालमै बनेको १ सय २५ सीसीको बजाज डिस्कभर बाइकको डिजाइन, टिकाउपन, मूल्य तथा विक्रीपछिको सुविधालगायत कुरामा ग्राहकले चासोपूर्वक सोध्ने गरेका छन् । अहिले विक्री भइरहेको बजाज डिस्कभर बाइक नेपालमै उत्पादन भएको गोल्छा समूहका कार्यकारी निर्देशक शेखर गोल्छाले जानकारी दिए । ‘हामीले अहिले दैनिक करीब ३० ओटा डिस्कभर बाइक उत्पादन गरिरहेका…

Read More
दुखद समाचार 

रिजालका ‘१४ सन्तान ईश्वरका वरदान ’

गुल्मी । सन्तान धेरै जन्माउने रहर नहुँदा नहुँदै पनि छोराको आशमा धेरैले सन्तान बढि जन्माई रहेका छन् । दुई सन्तान ईस्वरका वरदान को नारा लगाउँदै सरकारी र गैह्र सरकारी संस्थाहरुबाट जनचेतनामुलक कार्यक्रममा अरवौं खर्चिदै आएको पनि वर्षऔ भई सक्यो । तर अचम्वको कुरा अहिले पनि एक व्यक्तिका १४ सन्तान छन भन्दा त्यस्ता संस्ताहरुलाई ठाडो चुनौती बनेको छ । कुनै अशिक्षित र सर्वसाधारण असचेत ब्यक्तिका १४ सन्तान रहेका होईनन् , वर्षऔं अघि देखि राजनिती र समाज सेवा गर्दै आएका मुसिकोट नगरपालिका वडा नम्वर ३ धारापानीका कुञ्जरमणी रिजालका हुन ति १४ सन्तान…

Read More
error: Content is protected !!