खुशीको खबर मोरङमा भेटियो पेट्रोलको खानी, सत्यतथ्य विवरण सार्वजनिक गर्न माग

काठमाडौँ । मोरङको बाहुनी १० स्थित राधानगरमा रहेको भनिएको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् । गौचरणमा प्रयोग भइरहेको पेट्रोल खानीमा पेट्रोल भए उत्खनन गर्न र नभए त्यही जग्गामा उद्योगधन्दा चलाउन स्थानीयले मोरङ–३ बाट निर्वाचित सांसद भानुभक्त ढकालसँग माग गरेका हुन् । पेट्रोलियम अन्वेषणका क्रममा ३५ वर्षअघि नेदरल्यान्ड सरकारको ‘सेल’ नामक कम्पनीले राधानगरमा तीन हजार पाँच सय मिटर गहिरो ड्रिल गरी १४ महिनासम्म अनुसन्धान गरे पनि अहिलेसम्म पेट्रोल निकाल्ने काम सुरु भएको छैन । पटकपटक लाखौँ रुपैयाँ खर्चेर अन्वेषण गरे पनि पेट्रोल निकाल्न नसकिएको हो ।…

Read More