निखिललाई ७ तलाबाट हामफाल्न लगाउने निर्देशक

कलाकार तथा निर्देशक देशभक्त खनालको आफ्नै परिचय छ । उनले ५० को हाराहारीमा टेलिसिरियल र त्यतिकै हाराहारीमा फिल्म पनि खेलेका छन् । उनले आधा दर्जन फिल्मको निर्देशन पनि गरेका छन् । खासगरी उनले निर्देशन गरेको फिल्म ‘पिँजडा’ निकै हिट थियो । नेपाली फिल्म उद्योगमा निखिललाई ७ तला माथिबाट हामफाल्न लगाउने निर्देशकको रुपमा पनि उनलाई चिनिन्छ । पिँजडाको अलावा उनले ‘अचानक’, ‘बाजी’, ‘मन मेरो मान्दैन्’, ‘सन्तान थरिथरिका’ फिल्म पनि निर्देशन गरेका छन् । ‘हारजीत’मा सानो भूमिका निर्वाह गरेर कलाकारितामा प्रवेश गरेका उनको जीवनको सबैभन्दा अविस्मरणीय फिल्म ‘झोला’ हो । कृष्ण धारावासीको…

Read More